Sunday, May 10, 2009

प्रेस काउिन्सल ऐन


यस ऐनको नाम प्रेस काउिन्सल ऐन २०४८ रहेको छ । यो ऐन श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासन कालको बीसौं वर्षमा संसदले बनाएको हो । पत्रकारिताको पेशागत उच्चतम् आचरण कायम राखी स्वस्थ स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्धनको लागि प्रेस काउिन्सलको स्थापना र व्यवस्था गरिएको हो । स्वस्थ पत्रकारिताको विकासको लागि प्रेस काउिन्सलको स्थापना भएको हो ।

उद्देश्य
- स्वस्थ पत्रकारिताको विकासको लागि उपयुक्त वातावरण सिर्जना गर्ने ।
- प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकारिता सम्बन्धी आचार संहिता तोक्ने ।
- प्रेस र नेपाल सरकार बीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने ।
- सार्वजनिक नैतिकता र नागरिकहरुको मर्यादा कायम राख्न लगाउने ।
- प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुननदिन प्रयत्नशील रहने ।



यस ऐनमा जम्मा १८ व्ाटा दफाहरु रहेका छन् ।


प्रमुख प्रावधान
- काउिन्सल अविच्छिन्न उक्तराधिकारवाला एक स्वशासित र संगठित संस्था भएर आफ्नो काम कारवाहीको निमित्त आफ्नो छुटै छाप हुनेछ ।
- कुनै पत्रकारले आप््नो व्यवसायिक आचार संहिता उल्लघंन गरेमा कुनै पनि व्यक्तिले काउ_िन्सलमा उजूरी दिन सक्नेछ ।
- मर्का पर्ने पक्षको भनाई सम्बन्धित पत्रपत्रिकामा प्रकाशित गर्न सकिन्छ ।
- काउिन्सलले नेपाल सरकारसंग सम्पर्क राख्दा संचार मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
- काउिन्सलले आफ्नो कार्य संचालनको लागि यो ऐनको अधीनमा रही नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरु बनाउन सक्नेछ ।
- पत्रपत्रिकामा प्रकाशित असामाजिक र आपत्तिजनक कुराहरुको सम्बन्धमा छानबिन गर्ने ।

1 comment:

  1. Instead of a new effort, it should have been "A good effort". Nice blog, update it regulary and you will see a guy peeping through the comment box and irritate you by his nasty comment."Me" Ha ha .
    Keep it up

    ReplyDelete