Monday, May 25, 2009

हरिमंजुश्रीलाई सम्मान

नव वर्ष २०६६ को उपलक्ष्यमा एउटा एकल पुस्तक प्रदर्शनी समुद्घाटन समारोह आयोजित गरिएको थियो । यो समारोह प्रसिद्ध साहित्यकार हरि मंजुश्रीको सम्मानमा राखिएको थियो । यस समारोहका सौजन्य धुलिखेल नगर पालिका स्थित नेपाल रेड क्रस सोसाइटी सेतीदेवी उपशाखाले गरेको थियो । यस समारोहको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। सुरेशराज शर्मा रहेको थिए । उनले रिबन काटेर उक्त समारोहको समुद्घाटन गरेका थिए ।

साहित्यकार हरिमंजुश्रीले नेपाली साहित्यको क्षेत्रमा गरेको निरन्तर सेवाको कदर गर्दै उनलाई विभिन्न सम्मानहरु दिइएको पाइन्छ । कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान रोशी राष्ट्रिय सम्मान नेपाली आवाजको सम्पादक सामाजिक जागरण माचको सम्मान पत्र साप्ताहिक मध्यममार्ग साधना सम्मान सुनकोशी साहित्य प्रतिस्ठान सम्मानपत्र मुक्तिमार्ग दर्शन पुरस्कार र जवाहरग्रन्थ सम्पादन पुरस्कार जस्ता उनले पाएका सम्मान तथा पुरस्कारहरु हुन् ।

आर्थिक सामाजिक शैक्षिक र राजनीतिक दृष्टिकोणबाट पिछडिएको ठाउँबाट उम्रेका हरिमंजुश्रीले नेपाली भाषाको व्याकरणमा ठूलो परिवर्तन ल्याएका छन् । उनले र अरुले लेखेका भाषाको व्याकरणमा धेरै भिन्नता छ । उनले भाषा शैली शिल्प र भाषासँग मिल्ने नयाँ ब्याकरण ल्याएका छन् । उनका लेखहरु सरल सहज र मिठा हुन्छन् । बनेपामा बसेर उनले अन्य थुप्रै ठाउँमा रहेका नेपालीहरुको सेवामा समेत आफ्नो जीवन अर्पण गरेका छन् । नेपाली भाषालाई नयाँ आयाम दिने व्यक्तित्व हरिमंजुश्री अक्षरलाई अत्यन्तै सम्मान गर्दछन् ।
कार्यक्रममा हरिमंजुश्रीले आफूलाई साहित्ययात्रामा सहयोग पुर् याउन शुभेच्छुकहरुलाई सहृदय आभारपत्र प्रदान गरेका थिए ।

1 comment:

  1. oichh.... purai journalistic writing hai sab kura mileko... la maam bhavisya sundar chha... pravidhik sabda haru...OMG... gud gud...

    ReplyDelete